अछामको बुढीगंगा नदीमा बेपत्ता किशोरीको शव भेटियो
२०७७ कार्तिक १०, ०८:४३
अछामः अछामको बुढीगंगा नदीमा बेपत्ता किशोरीको शव भेटिएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षीया हेमन्ती बयकको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायव उपरिक्षक योगेन्द्रसिँह थापाका अनुसार सोमबार बिहान नदीमा बेपत्ता भएकी किशोरीको दिउसो शव भेटिएको हो । दशैँको टीका अघि नुहाउन गएकी बयक नदीको भंगालोमा परी बेपत्ता भएकी हुन् ।
उनको शव मंगलसेन नगरपालिका र चौरपाटी गाउँपालिकाको सीमा क्षेत्रमा भेटिएको डिएसपी थापाले जानकारी दिए ।
कमेन्ट लोड गर्नुस