सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २४ घण्टाको कोरोना परिक्षण शुन्य
धनगढीः सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना परीक्षण हुन सकेको छैन ।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार परीक्षणका लागि थ्रोट स्वाबको नमूना नभएपछि परीक्षण हुन नसकेको हो ।
सेतीको प्रयोगशालामा एक पटकमा परीक्षणको लागि सय जनाको स्वाब आवश्यक पर्ने भए पनि १२/१५ जनाको मात्र स्वाब संकलन गरिएकोले परीक्षण नगरिएको जनाइएको छ ।
धनगढी उप–महानगरपालिकाले दशैैँमा स्वाब संकलन बन्द गरेको छ । अन्य ठाउँबाट समेत स्वाबको नमूना नआएको श्रेष्ठले बताए ।