सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक दूरी कायम गरी दशैँ मनाउन सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको आग्रह

२०७७ कार्तिक १०, ०९:५५ रासस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् । विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै घरपरिवारमा मात्रै दशैँ मनाउन आग्रहसमेत गरेका हुन् ।

सुदूरपश्चिमबासीका नाममा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासमेत व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउँदै आपसी समझदारी, बन्धुत्व, सामाजिक एकता तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पुगोस् भन्ने शुभेच्छासमेत प्रकट गरेका छन् ।

बडादशैँले आपसी सद्भाव, भ्रातृत्व कायम गरी एक आपसमा खुसीयाली साटासाट गर्ने अवसरसमेत प्रदान गरोस भन्दै उनले कोरोनाबाट जोगिन सामाजिक दूरी कायम गरी दशैँ मनाउन आग्रह गरे ।
 

कमेन्ट लोड गर्नुस