डोटीमा वडाध्यक्षलाई कोरोना
२०७७ कार्तिक १०, ०८:०८
डोटीको केआइसिंह गाउँपालिका १ का वडाध्यक्ष कृष्णबहादुर बमलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनको डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा कोरोना सङ्क्रमण देखिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए ।
कोरोना संक्रमित वडाअध्यक्ष बम क्वारेन्टिन व्यवस्थापनदेखि लिएर भारतबाट फर्किएका आफ्ना गाउँपालिकाका नागरिकको व्यवस्थापनमा खटिएका थिए ।
कमेन्ट लोड गर्नुस