कैलालीमा ट्याक्टर दुर्घटना, ४ जना घाइते
धनगढीः कैलालीमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ४ पाण्डौनबाट सुखडतर्फ आँउदै गरेको ट्याक्टर आइतबार बिहान अनियन्त्रित भएर बुडाखोलामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नयव उपरीक्षक प्रतीक विष्टका अनुसार ट्याक्टरमा सवार ६ जनामा ४ जना घाइते भएका हुन् ।
से २ च २८४१ नम्बरको ट्याक्टरमा सवार डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय काशिराम सुनार तथा गौरीगंगा नगरपालिका वडा नम्बर १ का ३३ वर्षीय कृष्ण चौधरी, १६ वर्षीय आषिश चौधरी र चालक ३० वर्षीय विष्णु चौधरी रहेका छन् ।
घोडाघोडी अस्पतालमा उनीहरुको उपचार हुँदै छ ।