कैलालीमा नदीमा डुबेर २ बालिकाको मृत्यु
धनगढीः कैलालीमा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कान्द्रा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा वेपत्ता भएका उनीहरु मृत भेटिएको जानकारी दिए ।
स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले खोजी गर्दा दुवै बालिकालाई मृत अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनीहरु गाईबस्तु चराउन गएका बेला नदीमा नुहाउने क्रममा डुबेर वेपत्ता भएका थिए ।