सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री घाइते

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७७ कार्तिक ९, ०५:३६ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री घाइते भएका छन् । हुलाकी सडक खण्ड अन्तरगत कैलारी गाउँपालिका वडा नम्बर ७ रामपुरमा से १ ब ७६९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँका ५४ वर्षीय फुर्काल चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए । मोटरसाइकल चालक अम्मर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट लोड गर्नुस