सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल दुर्घटना, २ जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक ९, ०५:१९ खबर संवाददाता

धनगढीः धनगढीमा मोटरसाइकल एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १३ श्रीलंका स्थित भित्रि सडकमा मोटरसाइकल ठोक्किदा सोही ठाउँका २४ वर्षीय खुशिराम चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का २१ वर्षीय बिसमराज अवस्थी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले अवस्थीले चलाएको से ४ प २१६१ नम्बर र चौधरीले चलाएको से. ६ प. ४२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किद दुवै जना घाइते भएको बताए ।

घाइते अवस्थीको सेती प्रादेशिक अस्पताल र चौधरीको अत्तरिया स्थित पद्यमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस