सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारी कोरोनामुक्त

२०७७ कार्तिक ९, ०२:२१ खबर संवाददाता

धनगढीः धनगढीको चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारी कोरोना संक्रमणमुक्त भएका छन् ।

गत शुक्रबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १६ कर्मचारीले कोरोना जितेका हुन् ।

चौलानी ग्रुपका सञ्चालक समिति सदस्य तिलक साउदले सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षण सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिए ।

संक्रमित १६ जनामा नै कुनै लक्षण देखिएको थिएन् ।

 

कमेन्ट लोड गर्नुस