सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाटनको उदयदेव मन्दिरमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पूजा, पशुबली पनि दिईदै

फाईल फोटो
फाईल फोटो
२०७७ कार्तिक ९, ०८:३१ खबर संवाददाता

धनगढीः बैतडीको पाटनमा हरेक वर्षझै महानवमी पर्वमा लाग्ने मेला यसवर्ष पनि नरोकिने भएको छ । तर स्वरुप परिवर्तन गरेर भक्तजनहरुलाई पूजापाठ गर्न खुल्ला गरिएको छ ।

पाटन नगरपालिकाका अनुसार उदयदेव मन्दिरमा सामाजिक भौतिक दूरी कायम गरेर अत्यावश्यक पूजापाठ गर्न खुल्ला गरिएको हो भने भाकल गरिसकेपछि पनि ३ वर्ष सम्म बली चढाउन नपाएकाहरुको हकमा पशुबली दिने व्यवस्था मिलाइएको छ ।

पाटन नगरपालिकाका नगर प्रमुख केशबबहादुर चन्दले विगतमा जस्तो चहलपहल र भीडभाड गर्न रोक लगाएर अत्यावश्यक पूजापाठ गर्न दिईएको दिनेश खबरलाई बताए ।

चन्दका अनुसार भाकल गरिसकेपछि पनि लामो समय सम्म पूजा गर्न नपाएकाहरुको हकमा मात्र पशुबली चढाउने खुल्ला गरिएको छ तर उनीहरुले पनि भीडभाड नगरी बली चढाउने व्यवस्था गरिएको छ । सोही अनुसार सिमित व्यक्तिहरुले मात्र बली चढाउन रागा महाअष्टमीकै दिन शनिबार मन्दिरमा पुगाइसकेका छन् भने आइतबार स्वास्थ्य सुरक्षाको मापदण्डको पालन गरी बली चढाइनेछ ।

पाटनको उदयदेव मन्दिरमा हरेक वर्ष दशैँमा जात्रा लाग्ने गर्दछ । महाअष्टमीका दिन भाकल गरिएका रागा मन्दिरमा बाध्ने र महानवमीमा बली चढाउने गरिन्छ ।

तर यसवर्ष भने कोरोना भाइरसको जोखिमका विगतमा जस्तो जात्रा नलाग्ने भएको हो भने स्थाानीय प्रशासनले समेत पशु बली चढाउन रोक लगाएको थियो ।

पाटन नगरपालिकाले समेत महानवमी पर्वमा भीडभाड हुने भन्दै बजार क्षेत्र शनिबारदेखि नै सिल गरेको थियो । 
  
 

कमेन्ट लोड गर्नुस