बैतडीमा जीप दुर्घटना, १ जना घाइते
२०७७ कार्तिक ८, ०४:२१
धनगढीः बैतडीमा जीप दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।
महाकाली राजमार्गमा अन्तरगत दोगडाकेदार गाउँपालिका ३ को लडालेकमा से १ ज १०३७ नम्बरको जीप दुर्घटना हुँदा १ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जीपमा ७ जना सवार रहेकोमा १ जना समान्य घाइते भएका हुन् । जीप सडकबाट करिब २० मिटर तल खसेको छ । तर दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।
कमेन्ट लोड गर्नुस