गण्डकीमा सङ्क्रमित सङ्ख्या ६ हजार ४ सय ५९ पुग्यो
२०७७ कार्तिक ८, ०३:४५
गण्डकी : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४ सय ५९ पुगेको छ ।
अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७७ पुगेको छ ।
प्रदेशमा तीन हजार ८१५ जना कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ ।
कमेन्ट लोड गर्नुस