निर्माण व्यवसायी सेठी सम्मानित
धनगढीः कैलालीका निर्माण व्यवसायी प्रकाश सेठी सम्मानित भएका छन् ।
चुरे गाउँपालिका कार्यालयको भवन निर्धारित समय भन्दा ६ महिना अगावै सम्पन्न गरेको निर्माण व्यवसायी सेठीलाई सम्मानित गरिएको हो ।
गाउँपालिकाले नवनिर्मित भवनको उद्घाटन कार्यक्रमको अवसर पारेर शुक्रबार सेठीलाइ सम्मानित गरिएको जनाएको छ ।
भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सेठीलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे ।
२ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ असारमा ५ करोड ७४ लाखमा ठेक्का सम्झौता गरिएको थियो ।
तर सेठी सञ्चालक रहेको राजेन्द्र रोयल जेभीले सम्झौताको १८ महिनामै भवन निर्माणको काम सम्पन्न गरेको थियो ।
निर्धारित समय अगावै काम सम्पन्न गर्ने गरेका सेठी यसअघि पनि दर्जन बढि ठेक्कामा पुरस्कृत र सम्मानित भइसकेको छन् ।