सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ३ अस्पतालमा २५ वटाको दरले अक्सिजन बेड थपिने

२०७७ कार्तिक ६, ०६:१४ खबर संवाददाता

धनगढी: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुमा अक्सिजन बेड अर्थात हाई डिपेन्डेन्सी युनिट(एचडीयू) सञ्चालन गर्न सवा ४ अर्बभन्दा बढी बजेट पठाएको जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा देशका विभिन्न अस्पतालमा हाई डिपेन्डेन्सी युनिट संचालन गर्न ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ पठाएको जानकारी दिएको हो।

सोही अनुसार सुदूरपश्चिम प्रदेशको सेती अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा २५/२५ अक्सिजन बेड थपिने भएको छ।
 

कमेन्ट लोड गर्नुस