सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ३६३७ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक ६, ०४:३६ खबर संवाददाता

धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार २१५ छ। योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन्। 

आज देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्।

कमेन्ट लोड गर्नुस