सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका थप ७ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक ६, ०४:१२ खबर संवाददाता

बैतडी: पछिल्लो २४ घण्टामा बैतडीका थप ७ जनामा आज कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। 

डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका २० वर्षीय पुरुष र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा दशरथचन्द नगरपालिकाका ४७, ३०, २१, २३ र २० वर्षीय गरी ५ जना पुरुष र २७ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो।

बिहिबार थप सात जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ४६६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस