गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण
जलेश्वर: चाडपर्वका बेला बढ्दो भीडभाडबाट हुनसक्ने कोरोना सङ्क्रमणको जोखिमबाट बच्न महोत्तरीको सदरमुकाम जलेश्वरमा निःशुल्क गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण गरिएको छ ।
सिरहा जिल्लाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कमलबहादुर राजलवटले हिजो जलेश्वरमा सर्वसाधारणलाई हजारौ कप गुर्जो चिया खुवाउनाका साथै हात हातमा गुर्जोको बिरुवा र गुर्जोलाई पिसेर बनाएको चूर्णका प्याकेट वितरण गरेका हुन् ।