सुदूर नेपाललाई विश्वसँग जोड्दै

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

२०७७ कार्तिक ६, ०५:४९ रासस

फुङ्लिङ: ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक बुधबारदेखि उडान सुरु गरेको छ ।

कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो । नेपाल एयरलाइन्का ताप्लेजुङको स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौँदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङदे सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिए । 

यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले हिजो सीमित यात्रु ल्याएको हो । काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा ६ हजार ८ सय ४० रुपैया तोकिएको छ भने ताप्लेजुङदेखि काठमाडौंका भाडा  ६ हजार ७ सय ४० रुपैया तोकिएको छ ।  

कमेन्ट लोड गर्नुस