सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पहिरोले भासिएको भीमदत्त राजमार्ग अझै मर्मत भएन

२०७७ कार्तिक ५, ०५:३८ खबर संवाददाता

धनगढी : कैलालीमा पहिरोले भासिएको भीमदत्त राजमार्ग अझै मर्मत भएको छैन् । गत साउनमा परेको पानीले राजमार्ग भासिएपछि मर्मत अझै हुन नसकेको हो । जसले गर्दा सवारी आवागमनमा अवरोध पुगेको छ । भने दुर्घटनाको जोखिमसमेत बढेको छ ।

सुदूरपश्चिम प्रदेशको ७ वटा पहाडी जिल्लालाई जोड्ने सो राजमार्गको गोदावरीदेखि ३ किलोमिटर टाढा डेढ मिटर सडक पूरा भासिएको छ । साउनमा परेको भारी वर्षापछि आएको पहिरोले सडकमा क्षति पुगेको हो ।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले पहिरोका कारण अवरुद्ध सडकलाई तत्काल खुलाएर सञ्चालन गरे पनि मर्मत भने गरेको छैन । तर कार्यालय प्रमुख अर्जुन कुमार बमले भने राजमार्ग मर्मतको लागि ठेक्काको प्रक्रिया अगाडी बढेको बताए ।

कमेन्ट लोड गर्नुस