सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा कुटी बड्याहा पुल शिलान्यास

२०७७ कार्तिक ५, ०५:३४ खबर संवाददाता

धनगढी : कैलाली जिल्लाको गोदावरी नगरपालिकास्थित कुटी बड्याहा पुल शिलान्यास भएको छ । नगरपपालिकाको वडा नम्बर ६ मा निर्माण हुन लागेको पुलको एक कार्यक्रमका बीच बुधबार शिलान्यास गरिएको हो । सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले पुलको शिलान्यास गरेकी हुन् ।

पुल निर्माणका लागि १८ महिनाको समयावधी तोकिएको छ । प्रदेश सरकारको पुर्वाधार विकास कार्यालय कैलाली तथा प्रदेश सभा सदस्य चौधरीको पहलमा निर्माण गर्न लागिएको उक्त पुलको लम्बाई २५ मिटर र चौडाई ७ दशमलव ५ मिटर रहेको छ ।

पुुल निर्माणका लागि एलबी एण्ड एबी बिल्डर्स प्रालि संग ३ करोड ५८ लाख २२ हजार १ सय ३७ रुपौयाँमा ठेक्का सम्भौता भएको पुर्वाधार विकास कार्यालयका प्रमुख श्याम बहादुर खड्काले बताए । पुल निर्माण कार्यले पुर्णता पाएपछि वर्षातको समयमा आवातजावत गर्न सहज हुने विश्वास लिइएको छ ।

कमेन्ट लोड गर्नुस