नेपालमा एकैदिन थप ५७४३ जनामा कोरोना पुष्टि
धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ। योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्।
आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।