धनगढीको गुरुकुल एकेडेमीलाई तेस्रो पटक अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार
धनगढी: कैलालीको धनगढीमा रहेको गुरुकुल एकेडेमीलाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त भएको छ। ब्रिटीस काउन्सिलद्वारा प्रदान गरिने उक्त पुरस्कार गुरुकुलले तेस्रो पटक प्राप्त गरेको हो।
यसअघि सन २०१२ र २०१५ मा पनि विद्यालयले पुरस्कार प्राप्त गरेको गुरुकुल एकेडेमीकी प्रिन्सीपल सुनिता सुरीले बताइन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको संयुक्त मुल्यांकन आधारमा वितरण गरिने पुरस्कारमा यस वर्ष ५० भन्दा बढी विद्यालय प्रतिस्पर्धामा रहेको समेत उनले बताइन्।
गुरुकुल एकेडेमी धनगढी उपमहानगपालिकाको वडा नम्बर ४ मा रहेको छ।