सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रासायनिक मल बिक्रि वितरण गर्न अनुमति नपाएको भन्दै बिरोध

२०७७ कार्तिक ४, ०५:३९ खबर संवाददाता

धनगढीः कैलालीमा रसायनीक मलको बिक्रि वितरण गर्न अनुमति नदिएको भन्दै बिरोध गरिएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रका कृषि सहकारी संस्थाले बिरोध गरेका हुन्। 

नगरपालिकाले सार्वजनिक गरेको सूचनाका आधारमा निवेदन पेश गरेको भएपनि छनौटमा नपरेको भन्दै घोडाघाडी नगरपालिका वडा नम्बर १० को ग्रामिण कृषक बहुउद्देश्यीय सहकारीले बिरोध जनाएको हो। नगरपालिकाले माग गरेको सूचनाका आधारमा पूर्ण विवरण पेश गरिएको भएपनि छनौटमा नपरेको अध्यक्ष खम्बबहादुर शाहले बताए। 

मल वितरण व्यवस्थापन समितिले अन्य सहकारीलाई छुटाएको उनको आरोप छ। शाहका अनुसार सहकारीले १५ वर्षदेखि रसायनिक मल बिक्रि गर्दै आएको थियो। उनले सहकारीमा गरिएको राजनीतिका कारण किसानलाई मल बिक्रि वितरणबाट बन्चित गरिएको दावी गरे। 

उता नगरपालिकाका कृषि विकास अधिकृत जनक सिंह धामीले ३८ कृषि सहकारीको  निवेदन परेकोमा २२ सहकारीलाई छनौट गरिएको बताए। नगर क्षेत्रको आवश्यकताका आधारमा सहकारी थप गरिने उनले बताए। 
वडा अध्यक्षको सुझावका आधारमा सहकारीलाई बिक्रिको अनुमति दिएको उनको भनाइ छ। 

कमेन्ट लोड गर्नुस