हत्या गरी पानीभित्र गाडिएको थियो प्रहरी जवान साउदको शव
धनगढी: वेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव पानी भित्र गाडिएको अवस्थामा भेटिएको छ।
गत शनिबार प्रहरी सहायक निरिक्षक गोविन्द बिकसँगै प्रहरी जवान साउद पनि गस्तीमा खटिएका बेला वेपत्ता भएका थिए। इन्चार्ज प्रहरी सहायक निरिक्षक(असई) गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा प्रहरी जवान साउदको शव पनि पानीभित्र गाडिएको अवस्थामा फेला परेको हो।
विकको शव विभत्स हत्या गरेको अवस्थामा गत आइतबार भेटिएको थियो भने साउदको विभत्स हत्या गरी शव पानीमा गाडिएको प्रहरीले जनाएको छ।