सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने

२०७७ कार्तिक ४, ०१:५८ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पतालले कोरोना भाइरसका संक्रमितको उपचार निःशुल्क गर्ने जनाएको छ। 

नेपाल सरकारको मन्त्रिस्तरीय बैठकले अब कोरोना संक्रमितले आफ्नो उपचार खर्च आफै व्यहोर्नुपर्ने निर्णय गरेको भएतापनि सेती अस्पतालले भने संक्रमितको उपचार निःशुल्क गर्ने जनाएको छ। 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले संक्रमितको उपचार गर्दा शुल्क नलिने बताएका छन्। यस्तै हालसम्म संक्रमितहरुको उपचार निःशुल्क रुपमै गरिरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस