सुदूरपश्चिममा कोरोनाबाट थप एक जनाको मृत्यु
धनगढीः सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचाररत दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर २ का अन्जाजी ५२ वर्षीय पुरुष मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति बिरेन्द्रप्रसाद भट्टले १४ दिन अघि संक्रमण पुष्टि भएका पुरुष माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।
उनका अनुसार स्वास्थ्य अवस्था जटिल भएपछि मात्र ती संक्रमित पुरुष उपचारका लागि धनगढी आएका थिए।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।