सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा झण्डै साढे २ लाखको अवैध सामान बरामद

२०७७ कार्तिक ४, ०७:१६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै साढे २ लाखको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी र मातहतको बिओपिबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइएको २ लाख ४१ हजार मूल्य बराबरको लेडिज सुट, रंग, प्लाष्टिक, धागो, बिडि लगायतका सामान बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण र मातहतका बिओपीबाट खटिएको टोलीले ती सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

ती सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय बुझाइएको छ । 
 

कमेन्ट लोड गर्नुस