नेपाली जनतालाई दशा लागेका बेला दशैंभत्ता लिदैन: सांसद मल्ल
धनगढी: सुदूरपश्चिम प्रदेशसभाका सदस्य कर्णबहादुर मल्लले प्रदेश सरकारले वितरण गरेको दशैंभत्ता नलिने बताएका छन्। कोरोना महामारीका कारण जनता र देश नै दशामा परेका बेला जनप्रतिनिधीले तलबभत्ता लिन नहुने उनले बताएका छन्।
कोरोनासँग लड्न अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक तथा संचारकर्मीलाई प्रोत्साहन दिनुपर्ने बेला मन्त्री तथा सांसदले जनताले तिरेको करबाट लाभ लिन नहुने उनले बताए।
आफु भत्ताको सधै विरोधी रहेको बताउँदै उनले आफ्नो नाममा आएको रकम राज्यकोषमा फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेस डडेल्धुराका सभापति समेत रहेका उनले उक्त रकम जनताको पिडामा मलहम लगाउन प्रयोग गर्न समेत आग्रह गरेका छन्।