सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा १ लाख ४७ हजारको अवैध सामान बरामद

२०७७ कार्तिक ३, ०६:११ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सशस्त्र प्रहरीले १ लाख ४७ मूल्य पर्ने अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट सशस्त्र प्रहरी निरिक्षक पदम सिंह भण्डारीको कमाण्डमा खटिएको टोलीले भन्सार छली गरी ल्याउँदै गरेका सामान बरामद गरिएको जनाएको छ ।

बरामद गरिएका कपडा र औषधी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कञ्चनपुरलाई बुझाइएको छ । 
 
 

कमेन्ट लोड गर्नुस