दार्चुलामा १७ किलो अवैध यार्सागुम्बासहित एक जना पक्राउ

२०७७ कार्तिक २, ०५:३८
दार्चुला: प्रहरीले अवैध यार्सागुम्बासहित दार्चुलाबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्ला सदरमुकाम पुलघाटबाट १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बासहित हुम्लाको नाम्खा गाउँपालिका–३ का ३५ वर्षीय डोकार लामालाई पक्राउ गरेको हो।
पक्राउ परेका लामा र यार्सागुम्बालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय दार्चुलामा बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए।

कमेन्ट लोड गर्नुस