धनगढीका ११३२ जनामा कोरोना पुष्टि, हेर्नुस् कुन वडाका कति?

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कोरोना संक्रमितको संख्या एक हजार एक सय नाघेको छ ।
शनिबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका ३६ जना थपिएसँगै संक्रमितको संख्या एक हजार एक सय ३२ पुगेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले १९ वटै वडाका एक हजार एक सय ३२ जनामा संक्रमण पुष्टि भएको बताए ।
सबैभन्दा बढि वडा नम्बर १ का दुई सय ४० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै वडा नम्बर २ का २ सय ५ जना, वडा नम्बर ३ का ९८, वडा नम्बर ४ का ७२, वडा नम्बर ५ का एक सय ३३, वडा नम्बर ६ का ३१, वडा नम्बर ७ का ३२, वडा नम्बर ८ का ४८ जना संक्रमित रहेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले जानकारी दिए ।
वडा नम्बर ९ का १६, वडा नम्बर १० का तीन जना, वडा नम्बर ११ का २०, वडा नम्बर १२ का ६३, वडा नम्बर १३ का २३, वडा नम्बर १४ का ३० जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।
यसैगरी वडा नम्बर १५ का १३ जना, वडा नम्बर १६ का ५ जना, वडा नम्बर १७ का ४ जना, वडा नम्बर १८ का २९ जना र वडा नम्बर १९ का ११ जनामा संक्रमण देखिएको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए ।
धनगढीमा संक्रमण पुष्टि भएका मध्ये ८ सय ६७ जनाले कोरोना जितेका छन् भने ४ जनाको मृत्यु भएको छ ।

