सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुपन्देहीमा थप एक सङ्क्रमितको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ कार्तिक १, ०९:४४ रासस

रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएकोे हो।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेशनमा बस्नुभएका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए।

उनमा कुनै दीर्घ समस्या थिएन। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोेना सङक्रमितबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस