सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृत्रिम गर्भाधानबाट बच्चा जन्मियो

२०७७ कार्तिक १, ०८:२२ रासस

चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट बच्चा जन्माइएको छ। विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट आज छोराको जन्म भएको हो। अस्पतालका प्रसुति विभागका डा. रेनुका ताम्राकारका अनुसार गत वर्षको माघमा कृत्रिम गर्भाधान गरइएकामा आज शल्यक्रियामार्फत बच्चा जन्माइएको हो।

नाम नखुलाइएको आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको उनले बताईन्। डा. ताम्राकारले जिल्लामा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट चितवन मेडिकल कलेजमा बच्चा जन्माईएको दावी गरिन्। प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, रेडियो डायग्नोसिस र नर्सिङ विभागको समन्वय र अस्पतालका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपाने, डा.आसुदीप शर्मा, प्रा.डा.गणेश दंगालको निरन्तरको मार्गनिर्देशनमा सफलता मिलेको अस्पतालले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस