थप ३१६७ जनामा कोरोना संक्रमण

२०७७ कार्तिक १, ०४:२७
धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार ८०० छ। योसँगै हालसम्म ८९ हजार ८४० पुगेको छ।
आज देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्।

कमेन्ट लोड गर्नुस