सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वरमा १ हजार ९ सय बढी बेरोजगार सूचीकृत

२०७७ कार्तिक १, ०४:२३ रासस

बैतडी: प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बैतडीको पञ्चेश्वर गाउँपालिकामा एक हजार ९२४ जना बेरोजगार सूचीकृत भएका छन्। 

आर्थिक वर्ष २०७७/७८ का लागि पञ्चेश्वर गाउँपालिकामा ५ सय ७० महिला र एक हजार ३ सय ९० पुरुष गरेर उक्त सङ्ख्यामा रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस)मा सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक सन्ध्या जोशीले जानकारी दिईन्। सरकारले २०७७ साल साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोवास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो।

तोकिएको समयावधिभित्र फाराम भरेका बेरोजगार व्यक्तिउपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका एक हजार ९२४ व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको  हो। सूचीकृत भएका सबैलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइसकिएको रोजगार संयोजक जोशीको भनाइ छ। मन्त्रालयबाट उक्त सूची हेरेर रकम बाँडफाँड हुने बताइएको छ। 

सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले बताए। एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिए बमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको हो। 

 यसैबीच गाउँपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत रु ५१ लाख ७० हजार आएकाले सूचीकृत भएकाहरुले नै रोजगार पाउने जनाइएको छ।

कमेन्ट लोड गर्नुस