सुदूरपश्चिमका सांसद भट्टलाई कोरोना पुष्टि

बैतडी: सुदूरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षण प्रदेश सभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो।
स्वास्थ्यमा सामान्य समस्या आएपछि पीसीआर परीक्षण गराउदा कोरोना पोजेटिभ देखिएको उनले बताए। अहिले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको र बैतडी सदरमुकामस्थित गढीमा रहेको घरमै होम आइसोलेसनमा बसिरहेकाउनले जानकारी दिएका छन्।
भट्ट बैतडीबाट निर्वाचित सासंद हुन।

