नातिले कुट्दा वृद्धको मृत्यु

मादक पदार्थ सेवन गरी एक नातिले हजुरबुवामाथि कुटपिट गरेका छन्।
उनको कुटाईबाट घाइते भएका धनकुटाको सहिदभूमि गाउँपालिका–१ कोलबोटेका ९० वर्षीय वृद्ध फक्तबहादुर राईको मृत्यु भएको छ। राईलाई २७ वर्षीय नाति अविनाश राईले कुटपिट गरेको प्रहरीले जनाएको छ। नातिको कुटाइबाट गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।
घरायसी विवादका कारण नाति अविनाशले सोमबार हजुरबुबामाथि निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ। प्रहरीले अविनाशलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।
