दिनेश सञ्चार गृहको सम्पादकमा विष्ट र चौधरी नियुक्त
धनगढीः दिनेश सञ्चार गृहको सम्पादकमा जनक विष्ट र लखन चौधरी नियुक्त भएका छन् । सञ्चार गृहको व्यवस्थापनले विष्टलाई दिनेश एफएम र चौधरीलाई दिनेश खबर डटकमको सम्पादकमा नियुक्त गरिएको हो । एफएम व्यवस्थापनले दुवै जनालाई शनिबार सम्पादकमा नियुक्त गरेको हो ।
झण्डै ३ वर्षदेखि दिनेश सञ्चार गृहमा कार्यरत विष्टलाई सहायक सम्पादकबाट एफएमको सम्पादकको जिम्मेवारी दिइएको हो भने चौधरी लोकान्तर डटकमका सुदूरपश्चिम संयोजक रहेका थिए । धनगढीको पहुरा दैनिकको अनलाइन सम्पादकका रुपमा समेत काम गरेका चौधरी जनता टेलिभिजनमा पनि कार्यरत थिए ।
यस्तै सञ्चार गृहले २ जना संवाददाता पनि नियुक्त गरेको छ। गृहले दिनेश एफएममा झण्डै २ वर्षदेखि नागरिक सवाल कार्यक्रम सञ्चालन गर्दै आएका नारायण अवस्थी र गत असोजदेखि गृहमा काम गर्दै आएकी रक्षा भट्टलाई संवाददातामा नियुक्त गरेको हो । भट्ट यसअघि कञ्चनपुरको बेलौरीको रेडियो सुदूर सञ्चारमा काम गर्दै आएकी थिइन् ।
