सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएल : मुम्बईद्धारा कोलकता ८ विकेटले पराजित

२०७७ कार्तिक १, ०८:४१ खबर संवाददाता

इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले छैठौं जित निकालेको छ। आबुधाबी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई ८ विकेटले हराएको हो। 

जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४८ रन बनायो। खराब सुरुवात गरेको कोलकताले १८ रनमा पहिलो विकेट गुमायो। त्यसपछि ३३ रनमा दोस्रो विकेट खेर फालेको उसले ४२ रनमा तेस्रो विकेट गुमायो। 

६१ रन बनाउँदा पाँच विकेट खेर फालेको कोलकताका लागि अन्तिममा प्याट कुमिन्स र इयोन मोर्गनले सम्हालेका थिए। छैठौं विकेटका लागि उनीहरुले ८७ रनको साझेदारी गरे। जसकम मोर्गनले ३९ रन बनाए भने कुमिन्सले अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ५३ रन बनाए। जसमा पाँच चौका र दुई छक्का प्रहार गरे।

यसका साथै कोलकताका लागि सुभंम गिलले २१ रन बनाए भने राहुल त्रिपाठीले सात, नितेश रानाले ५, दिनेश कार्तिक चार रनमा आउट भए। यस्तै आन्द्रे रसेलले १२ रनको योगदान गरे। बलिङमा राहुल चाहरले दुई विकेट लिए।

जवाफमा मुम्बईले १६ ओभर ५ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। मुम्बईका लागि कप्तान रोहित शर्माले ३५ रन बनाए भने सूर्यकुमार यादवले १० तथा क्विन्टन डी ककले अविजित ७८ रन बनाए। जसमा उनले ४३ बलमा नौ चौका र तीन छक्का प्रहार गरे। यस्तै हार्दिक पाण्डेयले २१ रन थपे।

यो जितसँगै मुम्बईको १२ अङ्क भएको छ। दिल्लीको पनि समान १२ अङ्क भए पनि रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ।
 

कमेन्ट लोड गर्नुस