अनलाइनबाट पढ्ने बढे
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गरेको ‘चाइल्ड एण्ड फेमिली ट्रयाकार सर्वे’ ले दूरशिक्षाबाट पढ्नेहरुको सङ्ख्या व्यापक वृद्धि भई ८० प्रतिशत पुगेको जनाएको छ।
गत असार महिनामा ३० प्रतिशतको हाराहारीमा रहेको यो प्रति पछिल्लो समयमा सरकारले वैकल्पिक सिकाइ प्रणालीलाई शैक्षिकसत्रको मान्यता दिएपछि वृद्धि भएको हो। युनिसेफले पछिल्लो तीन महिनाको घरधुरी सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तया गरेको हो।