विश्व हिन्दु युवा संघको कैलालीमा दशैं मिलन कार्यक्रम

धनगढी : विश्व हिन्दु युवा संघले कैलालीमा दशै मिलन कार्यक्रमको आयोजना गरेको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ मसुरियामा दशैंको शुभकामना आदानप्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरिएको हो।
सुदूरपश्चिम प्रदेश सभा सदस्य टेकबहादुर रैकाकोे सहभागितामा कार्यक्रम गरिएको संघका केन्द्रिय सदस्य राजेन्द्र बमले बताए।
उनका अनुसार विश्व हिन्दु युवा संघ कैलालीको आयोजना र केन्द्रिय समितिको समन्वयमा हिन्दु जागरण तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो।
संघका कैलाली अध्यक्ष दिनेश कलेलको अध्यक्षतामा कार्याक्रम भएको थियो।

