सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

२०७७ असोज ३०, ०८:४६ खबर संवाददाता

धनगढी : मोहनापुल अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढीको राजपुरमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।

रोकिराखेको भ्यान र गेटाबाट धनगढी आउदै गरेको मोटरसाईकललाई लु १ क ९२२२ नम्बरको टिप्परले ठक्कर दिदा दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार घाईते हुनेमा मोटरसाईकल चालक धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का ४० वर्षीय नरेश खत्री र मोटरसाइकलमा सवार सोही वडाका ५४ वर्षी भोजराज जोशी रहेका छन्।

भ्यान चालक भने शकुसल रहेको प्रहरीले जनाएको छ। घाईतेहरुको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ। खत्रीको टाउकोमा चोट लागेको छ भने जोशीको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस