सुदूर नेपाललाई विश्वसँग जोड्दै

एग्रोभेटबाट सरकारी अनुदानको मल बिक्रि नगरेको दावी

२०७७ असोज ३०, ०७:०६ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा रहेको भैरव एग्रोभेट सेन्टरले सरकारी अनुदानको मल बिक्रि नगरेको दावी गरेको छ।

एग्रोभेटका सञ्चालक शंकर खड्काले आफू जय मा दुर्गा विद्युत सहकारी संस्थाको सदस्य रहेकाले अनुदानको मल एग्रोभेट नजिकै सटर लिएर विक्रि गरको बताएका छन्।

उनले एग्रोभेटको पूर्वतर्फ सटर लिएर सहकारीकै मल बिक्रि गरिएको दावी समेत गरेका छन्।

आफू आवद्ध सहकारीले किसानलाई सरकारी अनुदानको मल वितरण गर्ने गरेकोमा सदस्य भएको हिसाबले सहजीकरण मात्र गरेको दावी समेत गरे।

कानून विपरीत एग्रोभेटबाट अनुदानको मल बिक्रि भएको समाचार प्रकाशित भएपछि खड्काले खण्डन गर्दै यस्तो दावी गरेका हुन्।

यसअघि खड्काले नै सरकारी अनुदानको मल एग्रोभेटबाट किसानलाई बिक्रि गर्दै आएको स्वीकार गरेका थिए तर त्यतीबेला आफू सहकारीको समेत सदस्य भएको कुरा उनले खुलाएका थिएन। 

 

कमेन्ट लोड गर्नुस