सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगा नदिमा बेलिब्रिज बनाउन १ करोड ८८ लाखको ठेक्का

२०७७ असोज ३०, ०३:३४ प्रकाश सिंह

बाजुरा: बढीमालिका नगरपालिकाको साँफे–मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा बेलिबिज्र बनाउने प्रक्रिया अगाडि बढेको छ। सडक डिभिजन कार्यालय साँफेबगरले असोज २७ गते बेलिब्रिज ढुवानीदेखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको डिभिजन प्रमुख ललित खनालले बताए।

कैलालीको गोदावरीमा मौज्दात रहेको बेलिब्रिज ल्याउनेगरी ठेक्का सुरु गरेको सडक विभागले जनाएको छ। ‘ठेक्का खोलेका छौ, सम्झौता भएको २ महिनाभित्र निर्माण गरिसक्ने योजना रहेको छ’ प्रमुख खनालले भने। अबको तिनदेखि चार महिनासम्म बेलिब्रिज निर्माण सम्पन्न हुने उनले बताए। 

साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढिले बेलिब्रिज बगाएको थियो। नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सडक सम्पर्क बिच्छेद भएको थियो। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस