सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ५६ सहित सुदूरपश्चिमका थप एक सय ४२ जनामा कोरोना पुष्टि

२०७७ असोज २९, ०७:५७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा बिहिबार थप एक सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका पाँच वटा प्रयोगशाला मार्फत ७ सय २४ जनाको परीक्षण गरिएकोमा थप एक सय ४२ जनामा संक्रमण पुष्टि भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए। 

कार्कीका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ७२ जनाको परीक्षण गरिएकोमा  कैलालीका ५६ सहित ६९ जनामा सक्रिमण पुष्टि भएको छ।  यस्तै कञ्चनपुरका ११ र डडेल्धुरा र डोटीका एक÷एक जनामा संक्रमण पुष्टि भएको उनले बताए। 

बिहिबार धनगढी उपमहानगरपालिकाका मात्र ३२ जनामा संक्रमण पुष्टि भएको छ। उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ४ का ७ जना,  वडा नम्बर ५ का ६ जना, वडा नम्बर २ का ३ जना र वडा नम्बर ८ का २ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।  

यस्तै वडा नम्बर १२ र १३ का एकरएक जना र वडा नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए। यस्तै कैलालीकै लम्किचुहा नगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ९ जना, घोडाघोडी नगरपालिकाका २ जना र ठेगाना नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ। उता कञ्चनपुरको वेदकोट नगरपालिका–८ का ५ जना, लालझाडी गाउँपालिका–३ र पुर्नरवास नगरपालिकाका दुई/दुई जना, भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिका–५ का एक/एक जनामा पनि संक्रमण देखिएको छ। 

त्यस्तै डडेल्धुराको परशुराम नगरपालिका–१ र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का एक/एक जनामा समेत कोरोना पुष्टि भएको कार्कीले बताए।  यस्तै डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जना, डोटी अस्पताल प्रयोगशालामा १७ जना, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ६ जना र जिल्ला अस्पताल बझाङको प्रयोगशालामा थप तीन जनामा संक्रमण पुष्टि उनले बताए।  

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या आठ हजार सात सय एक पुगेको छ। संक्रमित मध्ये ६ हजार नौ सय बढिले कोरोना जितेका छन् भने २४ जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस