Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

कैलालीका तेक्वान्दो खेलाडी थापाले बनाए विश्व किर्तिमान

खवर संवाददाता
२०७७ असोज २९, ०७:०७
अ+

धनगढी: तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउण्ड हाउस किक ईन वान आवर अर्थात एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाएका छन्। यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन्।

उनले एक घण्टामा एक खुट्टाले २ हजार ७ सय ५० पटक किक हानेर नयाँ रेकर्ड बनाएका छन्। सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा बिहिबार एक कार्यक्रमको आयोजना गरी यो रेकर्ड कायम गराएको हो।

अब उनले अक्टुबर २० का दिन मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाउँदै पुरानो रेकर्डलाई तोड्ने छन्।

हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ। उनको नाममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ। त्यसपश्चात दुवै रेकर्डको डकुमेन्ट गिनिज बुक अफ वल्ड रेकर्डको कार्यालयमा पठाइने छ। 

Skip Ad