थप ३७४९ जनाका कोरोना पुष्टि

२०७७ असोज २९, ०४:२९
धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ।
२४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।
आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस