डोटीका थप ९ जनामा कोरोना पुष्टि

२०७७ असोज २९, ११:५६
धनगढीः डोटीका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले डोटीको जोरायल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ४० जनाको कोरोना परीक्षण गरिएको छ।


कमेन्ट लोड गर्नुस