सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा विद्युतीकरणका लागि ९ करोड बजेट

२०७७ असोज २८, ०४:०४ नरेन्द्र कार्की

दार्चुला: दार्चुलामा चालू आर्थिक वर्षमा विद्युतीकरणका लागि ९ करोड बजेट विनियोजन भएको छ। ग्रामीण विद्युतीकरणका लागि सो बजेट विनियोजन भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र दार्चुलाले जनाएको छ।

सन् २०२१ सम्ममा नेपालको सम्पूर्ण भूभागमा विद्युत पु¥याउने लक्ष्य लिएको नेपाल सरकारले एक वर्षभित्र दार्चुलामा पनि विद्यूतीकरण गरि सक्ने लक्ष्य लिएको छ। अहिले पनि दार्चुलाको नौगाड र अपिहिमाल गाउँपालिकामा राष्ट्यि प्रसारण लाइन जोडिएको छैन् भने पुगेकै ठाउँमा पनि सबै ठाउँमा विद्युत पुग्न सकेको छैन्। ‘अहिलेको बजेटमार्फत कुन स्थानीय तहमा के कति बजेट खर्च हुने भन्ने भने खुलाइएको छैन्’ नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका सूचना अधिकारी केशबदत्त भट्टले भने। 

दार्चुलामा २४ हजार ६ सय १८ घरधुरीमध्ये अहिलेसम्म ९ हजार ३ सय २० घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको छ। नेपाल विद्युत प्राधिकरण दार्चुलाले गत आर्थिक वर्षमा एक हजार घरधुरीमा विद्युत विस्तार गरेको जनाएको छ।
यस्तै प्राधिकरणका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत् विस्तारको क्रमज जारी छ। प्राधिकरणका अनुसार जिल्लाको मालिकार्जुनको मेलखेत, मल्तडी, व्याँस गाउँपालिकाको धौलाकोट र सुन्सेरा, लेकम गाउँपालिकाको रिठाचौपता, तोलीगाउँ क्षेत्रमा गत आर्थिक वर्षमा टा«न्सफर्मर राखेको प्राधिकरणले जनाएको छ।

यस्तै जिल्लाको शैल्यशिखर नगरपालिकाको मल्लाचौर, रत्यौडा तथा मार्मा गाउँपालिकाको लटिनाथमा टा«न्सफर्मर राखिएको प्राधिकरण दार्चुलाले जनाएको छ। विद्युत् पहुँच नभएका ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर विद्युत् विस्तार गरिने प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले विगतमा विस्तार भएका स्थानहरुमा जिर्ण भएका काठका पोलहरू फेर्ने कार्य गर्ने योजना छ।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस