कैलालीका तेक्वान्दो खेलाडी थापा गिनिज बुक अफ रेकर्डको कार्यक्रममा सहभागी हुने
धनगढी: कैलालीका तेक्वान्दो खेलाडी विनोद थापाले गिनिज बुक अफ रेकर्ड्समा नयाँ किर्तिमान राख्ने तयारी गरेका छन्। उनी मार्सल आर्टस विधाको पुरानो रेकर्ड तोडेर नयाँ रेकर्ड राख्ने तयारीमा जुटेका छन्।
सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले थापा यही असोज २९ गते र कार्तिक ४ गते गरी दुई पटक कार्यक्रममा सहभागी हुने जनाएको छ। उक्त कार्यक्रम धनगढीमा ओयोजना हुने बताइएको छ।
रेकर्डका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डको तर्फबाट पत्र आइसकेको र मिति पनि तोकिएकोले सोही अनुसार कार्यक्रम गर्न सुदूरपश्चिम तेक्वान्दो संघले पहल गरिरहेको े संघका महासचिव पदम बिक्रम सिंहले बताए।

